धादिङ २५ भाद्र
नेकपा (माओवादी केन्द्र) धादिङ–काठमाडौं सम्पर्क मञ्चको आठौं जिल्ला भेला हुने भएको छ ।
यहि भाद्र २९ गते काठमाडौं स्थित बालाजु अनुपमद्वार पार्टी भेन्यूमा भेला सम्पन्न हुने माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले जानकारी दिनुभयो ।
उक्त भेलामा केन्द्रिय अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र धादिङका संयोजक भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला संयोजक भण्डारीले भेलाको उद्घाटन सत्र प्रशिक्षण मूलक हुने भएकोले काठमाडौंमा रहेका माओवादी कार्यकर्ताहरुलाई सहभागीताको लागि अनुरोध समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस