धादिङ १९ भाद्र
धादिङको न्यू किबो बोर्डिङ स्कुलमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार एक भव्य कार्यक्रमको आयोजना गरि नृत्य प्रतियोगीता तथा एस् ई ई परीक्षा २०८१मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
कक्षा एल.के.जि देखि कक्षा ९ सम्मको विद्यार्थीहरु सहभागी प्रतियोगितामा विद्यार्थीहरुलाई विभिन्न तहमा विभाजन गरिएको थियो ।
जसमा कक्षा एल.के.जि बाट जस्मिन सेक्सन प्रथम र लिली सेक्सन द्धित्तिय, भएका छन् । यसैगरी कक्षा यु.के.जि बाट मेरिगोल्ड सेक्सन प्रथम र जस्मिन सेक्सनले द्धित्तिय स्थान हासिल गर्न सफल भएको छ ।
त्यस्तै कक्षा १ तर्फ भने मुन सेक्सनले प्रथम र सन सेक्सनले द्धित्तिय स्थान हासिल गरेका छन् ।
यसैगरी कक्षा २ र ३ बिचको प्रतियोगितामा कक्षा ३ प्रथम र कक्षा २ द्धित्तिय हुन सफल भएका छ । कक्षा ४ देखि ६ सम्मको प्रतियोगितामा कक्षा ६ प्रथम ५ द्दित्तिय भएका छन् ।
कक्षा ७ देखि ९ सम्मको समुहतर्फ कक्षा ९ प्रथम र कक्षा ८ द्दित्तिय भएको स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले जानकारी दिनुभयो ।
विद्यालय समुदायको प्रतिनिधित्व गर्ने ठाउँ रहेको बताउँदै आफ्नो विद्यार्थीहरुलाई संस्कृतिसँग परिचित गराउने उद्देश्यले उक्त कार्यक्रम गरिएको विद्यालयको प्रधानाध्यापक प्रयास रेग्मिले बताउनुभयो ।
त्यस्तै कार्यक्रमकै अवसरमा एस् ई ई परिक्षा २०८१ मा उतिर्ण भएका ३० जना विद्यार्थीहरुलाई बिदाई तथा फेरी भेटौँला कार्यक्रम पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस