धादिङ १९ भाद्र
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ४ मा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा मंगलबार घरबाट सुरु गरौं महिला हिंसाको अन्त्य गरौं भन्ने शिर्षकका साथ भव्य कार्यक्रमको आयोजना गर्दै तीज गीत प्रतियोगिता सम्पन्न गरेको हो ।
गंगाजमुना गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर तामाङर्को सभापतित्व र गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा ६ वटा आमा समूहको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा धागारचोक आमा समूह प्रथम, मण्डली कृषक समूह द्धितिय, शिवशक्ती आमा समूह तृतिय र काकाचेत आमा समूह सान्त्वना भएका छन । प्रथम, द्धितिय, तृतिय र सान्तवना समूहलाई क्रमश ९ हजार ७ हजार ५ हजार र ३ हजार पुरस्कार प्रदान गरिनुका साथै उपस्थित सबै आमा समूहलाई १५ सय रूपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाले शुभकामना मन मन्तव्य राख्नुहुदै वडाले बजेट छुट्याउदा महिला तथा बालबालिकाका क्षेत्रमा पनि बजेट छुट्याउने भएकाले महिलाले आफ्नो हक हितको लागि लड्न अघि बढ्नु पर्ने र आफुले पाएको अवसरलाई सदुपयोग गर्दै हरेक सामाजिक क्षेत्रमा अधि बढ्नुपर्ने बताउनुभयो ।
महिला समाजको नेतृत्वकर्ता भएकाले महिलाले नै नेतृत्व गर्ने स्थान पाएमा समाजलाई परिवर्तन गर्न सक्ने स्थानीय तहको काम कारबाहीको पारदर्शिताको विषयमा सशक्त रुपमा बोल्नुपर्ने बताउनुभयो ।
कार्यक्रम गंगाजमुना गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष कुमार बहादुर अधिकारी,वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार गुरुङ, वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष हरिमान श्रेष्ठ, वडा नम्बर ४ का आमा समूह, महिला समूह, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षिक शिक्षिका, टोल विकास समितिका पदाधिकारी खानेपानी उपभोक्ता समिति, टोल सरसफाइ समिति, समाजसेवी बुद्धिजीवि लगायत युवा वर्गहरु र पार्टी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस