धादिङ १७ भाद्र
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ३ मा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं. ३ को वडा अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडा नं.४ को वडा अध्यक्ष प्रेम बहादुर घलेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै शान्ति नेपाल संस्थाका फिल्ड संयोजक धर्मराज थपलियाको विशेष आतित्थता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन मन्तव्य राख्नु हुदै वडा नं ४ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी प्रेम बहादुर घलेले वडाले बजेट छुट्याउदा महिला तथा बालबालिकाका क्षेत्रमा पनि बजेट छुट्याउने भएकाले महिलाले आफ्नो हक हितको लागि लड्न अघि बढ्नु पर्ने र आफुले पाएको अवसरलाई सदुपयोग गर्दै हरेक सामाजिक क्षेत्रमा अधि बढ्नुपर्ने बताउनुभयो । महिला समाजको नेतृत्वकर्ता भएकाले महिलाले नै नेतृत्व गर्ने स्थान पाएमा समाजलाई परिवर्तन गर्न सक्ने बताउनुभयो ।
त्यसै गरी वडा नं ३ का वडा अध्यक्ष राजकुमार गुरुङले वडा नं ३ जनजातीको बाहुल्यता भएको वडा भएकाले यसपालि वडाको आयोजनामा तीज विशेष कार्यक्रम गरेको र अहिले पहिलो पटक भएकाले महिला तथा आमा समुहको भव्य सहभागिता रहेकोले अब अर्को वर्ष देखि प्रतियोगितात्मक कार्यक्रम गर्ने र कार्यक्रमलाई अझ व्यवस्थित गर्दै लैजाने बताउनुभयो ।
उहाँले समाजको परम्परागत संस्कार संस्कति रितिरिवाज बचाउनका निम्ति वडा सधै तत्पर रहेको र आफ्नो अभियानमा सम्पुर्ण वडावासीले साथ दिनको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर ३ का आमा समूह, महिला समूह, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षिक शिक्षिका, टोल विकास समितिका पदाधिकारी खानेपानी उपभोक्ता समिति, टोल सरसफाइ समिति, समाजसेवी बुद्धिजीवि लगायत युवा वर्गहरुको भव्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस