धादिङ १६ भाद्र
धादिङ जिल्लाका(सार्की समूदाय)मिजार जातिको प्रथम भेला धादिङबेसीमा शनिबार सम्पन्न भएको छ । उक्त भेलाबाट मिजार समाज नेपाल धादिङको जिल्ला समिती समेत गठन गरिएको छ ।
उक्त प्रथम भेलाले सोम बहादुर नेपालीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको दलित अधिकार कर्मी युवा नेता नवराज मजाकोटीले जानकारी दिनुभयो । जसको उपाध्यक्षमा राम गैरे, सचिवमा कृष्ण बहादुर नेपाली, सहसचिवमा गौरी नेपाली र कोषाध्यक्षमा शान्ता रोक्का चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा ऋषि नेपाली, जानुका मिजार, भद्र कुमारी नेपाली, बुद्धि बहादुर उपरकोटी, श्रीकृष्ण रोक्का, अञ्जु विसुन्के, नानीराम रोक्का, रामजी रोक्का लगायत चयन हुनुभएको छ । मिजार जातिको उत्थानमा मिजार समाजले महत्वपुर्ण कार्यहरु सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस