धादिङ १५ भाद्र
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार वडा नम्बर ५ द्धारा एक भव्य कार्यक्रमका साथ साथै तीज गित प्रतियोगिताको आयोजना गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर ५का वडा अध्यक्ष कुमार बहादुर अधिकारीको अध्यक्षता, जिल्ला समन्वय समितिका अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्यता तथा गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाको विशेष आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा ९ वटा महिला समूह र ५ वटा विद्यालयको समूहको बिचमा प्रतिष्पर्धा गराईएको थियो । प्रतियोगितामा स्वास्थ्यकर्मी महिला समूह (फूलखर्क ग्रामिण अस्पताल) प्रथम, मिलिजुली आमा समूह द्धितिय, गंगाजमुना आमा समूह तृतिय र अन्नपूर्ण महिला समूह सान्त्वना भएका छन् ।
प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समूहलाई क्रमश १० हजार ८ हजार, ६ हजार र ३ हजार पुरस्कार प्रदान गरिनुका साथै सहभागी सबै आमा समूहहरुलाई एक हजार ५ सय रुपैया प्रदान गरिएको वडा अध्यक्ष कुमार अधिकारीले बताउनु भयो । उक्त कार्यक्रममा लाखे नाच पनि प्रस्तुत गरिएको थियो ।
त्यसैगरी शिक्षण सिकाइ सुधारमा पालिका स्तरीय परिक्षा कक्षा ३, ५ र ८ मा प्रथम द्धितिय र तृतिय हुने विद्यालयहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो भने एस ईई परिक्षामा ए र ए प्लस ग्रेड ल्याउने ६ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको वडा अध्यक्ष अधिकारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस