धादिङ १५ भाद्र
रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ बार्षिक साधरण सभा तथा ५ औँ अधिवेशन सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख तथा सहकारी अभियन्ता नवराज शर्मा नगर प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ,नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी लगायत सरोकारवाला निकायहरुको आतिथ्यता रहेको थियो ।
२०६६ सालमा स्थापना भएको संस्थाको शेयर सदस्य २९ सय ४० जना रहेका छन् । जसमा १६ सय ५७ महिला,१२ सय ८३ पुरुष र १३ सय ७४ जना बाल सदस्य रहेका छन् ।
संस्थाले यस आर्थिक वर्षमा ५२ लाख ४९ हजार २ सय ९४ नाफा कमाउन सफल भएको छ । जसमध्ये १ करोड ८० लाख १४ हजार ९७ रुपियाँ कुल आम्दानी गरेकोमा १ करोड २७ लाख ६४ हजार ८ सय ३ कुल खर्च गरेको छ । आज धादिङबेशीमा सम्पन्न भएको संस्थाको १५ औं वार्षिक साधारण सभाको क्रममा कोषाध्यक्ष तेजकुमारी लम्सालले आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।
त्यस्तै आर्थिक वर्ष २०८१/०८२ को अन्तसम्ममा कुल पुंजि तथा दायित्व १५ करोड ६५ लाख ३९ हजार ४ सय ४० बाट ३३.८९ प्रतिशत वृद्धि गरि २५ करोड १८ लाख ५५ हजार कुल पुजी पुर्याउने लक्ष्य रहेको लम्सालले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रममा प्रमुख अतिथी भीम प्रसाद ढुंगानाले रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई जोखिम आउन नदिने बताउनुभयो । दुखको बेलामा स्थापना भएको सहकारीको अहिलेको अवस्था राम्रो भएको भन्दै उहाँले शेयर सदस्यहरुलाई सहकारी भाग्छकी?डुब्छकी भनेर चिन्ता नलिनको लागि आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले सहकारीहरुको क्षमता विकास सँगै अनुगमनको पाटोलाई नगरपालिकाले काम गरीरहेको बताउनुभयो ।
कार्यक्रममा नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख नवराज शर्मा,नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ,नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अधिवेशनले ४ बर्षे कार्यकालको लागी राजकुमार श्रेष्ठको संयोजकत्वमा ९ सदस्यिय नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजकुमार श्रेष्ठ सचिव रेशम कुमार श्रेष्ठ, सहसचिव भक्त बहादुर श्रेष्ठ,कोषाध्यक्षमा तेजकुमारी लम्साल चयन हुनुभएको छ । त्यसै गरी सदस्यहरुमा सुजन श्रेष्ठ,ऋतु श्रेष्ठ, कविता बस्यौला अर्याल खत्री चयन हुनुभएको छ । त्यसैगरि लेखा समितिमा संयोजक फत्तकुमारी श्रेष्ठ, सदस्यमा पार्वति श्रेष्ठ र उत्तम सिलवाल चयन हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस