धादिङ १४ भाद्र
धादिङको न्यू किबो बोर्डिङले विगतको हप्तामा झै यो हप्ता पनि, विभिन्न क्रियाकलाप गरेर शुक्रबारलाई बुक फ्री फ्राइडेको रुपमा मनाएको छ ।
विद्यालयका अतिरिक्त क्रीयाकलाप अनुप भट्टका अनुसार प्री– प्राइमरी अन्तर्गत विभिन्न थिममा आधारित रहेर कलरीङ(Colouring) कार्यक्रम, कक्षा १ र २ का विद्यार्थी भाइबहिनीहरुलाई (Reading Competition) र कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरुले कपडामा सियो र धागोको प्रयोगबाट कसरी टाँक लगाउने भनेर सिक्दै जीवनउपयोगी सिपलाई शैक्षिक क्रियाकलापमा जोडदै शुक्रबार विशेष बनाएको हो ।
त्यस्तै गरि यस्ता व्यवहारिक र जीवनउपयोगी शिक्षा वर्तमान समयमा अपरिहार्य रहेकोले न्यु किबो बोर्डिङले यस्ता क्रियाकलापमा जोड दिदै आएको कुरा विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मिले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस