धादिङ १३ भाद्र
स्वर्णिम धादिङ बहुउद्देशीय सहकारी संस्था लिमिटेडद्धारा संचालित स्वर्णिम मिट मार्टको प्रथम बार्षिक उत्सव सम्पन्न भएको छ ।
विहिबार संस्थाको अध्यक्ष अशोक कुमार बस्नेतको अध्यक्षता नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले स्वर्णिम मिट मार्टले जनताको स्वस्थ्यलाई मध्यनजर गर्दै आफ्नै बधशाला भएको र मासुजन्य बस्तुलाई सफा स्वच्छ रुपमा उपलब्ध गराई जनतालाई सहज बनाएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो । सहकारीहरु विभिन्न समस्याले समस्याग्रस्त भईरहेको अवस्थामा स्वर्णिम सहकारीले धादिङको विभिन्न स्थानमा छुट्टै खालको व्यवसाय विस्तार गरेकोमा शुभकामना समेत व्यक्त गर्नुभयो । स्वर्णिम सहकारीको कार्यलाई उच्च मूल्यांङकन गदै प्रदेश सरकारको समन्वयमा नगरपालिकाले इको भ्यानको समेत व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी गराउनुभयो ।
त्यसै सहकारी सञ्चालक अध्यक्ष अशोक कुमार बस्नेतले सहकारी सञ्चालन गरेको ५ वर्ष पुरा भएको र पहिलो परियोजनामा मिट मार्ट सञ्चालन गरेको विहिबार १ वर्ष पुरा भएको बताउनुभयो । त्यसैगरी मिट मार्टमा मूल्य समायोजन गरी आम उपभोक्तालाई सहुलियतपूर्ण रुपमा सुरक्षित बधशालाको व्यवस्था भएकोे बताउदै एक कल फोनको भरमा डेलिभरीको सुविधा समेत रहेको जानकारी दिनुभयो । त्यसैगरी सहकारी नाफा केन्द्रित मात्रा नभई सेवामुखी पनि हुने बताउनुभयो । स्वर्णिम मिट मार्टले वार्षिक उत्सवको अवसर पारेर भाद्र १३ देखि १९ गते सम्म कुखुराको मासु प्रति केजी ३ सय ४० र खसीको मासु प्रति केजी ११ सय ३० रुपैयामा बजारमा सुरक्षित डेलिभरीको गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नीलकण्ठ नगरपालिका कृषि शाखा प्रमुख चुन बहादुर राई, नीलकण्ठ नगरपालिका सामाजिक शाखा प्रमुख निर्मला केसी, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ लगायत विभिन्न समाजसेवी बुद्धिजिवी, पत्रकार व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस