धादिङ १२ भाद्र
गंगाजमुना गाउँपालिका वडा नं २ तावलमा २ दिने समुह बचत तथा लेखा व्यवस्थापन तालिम बुधबारबाट रि तावलमा शुरु भएको छ ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गंगाजमुना गाउँपालिकाको समन्वयमा संचालनमा भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना कार्यक्रम अन्तरगत गठित समुहका पदाधिकारीहरुको लागि दुई दिने बचत तथा ऋण व्यवस्थापन तालिम संचालन गरिएको हो ।
तालिममा समुहमा बचतको महत्त्व , बचत संकलन , आम्दानी र खर्च अभिलेख , ऋण लगानी ,पासबुक , बचत तथा ऋण परिचालन सम्बन्धि निति , नियम, समुहका पदाधिकारीहरुको काम, कर्तव्य , अधिकार , घुम्ती कोष परिचालन र बित्तिय सारक्षरता लगायतका बिषयमा सहजकर्ता सन्तोष सत्यालले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रयास नेपाल धादिङ र परियोजनाको लक्ष्य, उदेश्य , संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका लैगिक एसोसिएट शर्मिला गुरुङ तथा आड्रा नेपालको संस्थागत र परियोजना संचालनका बारेमा आड्रा नेपालका परियोजना अधिकृत दिलिपचन्द्र ढकालले जानकारी गराउनु भएको थियोे ।
कृषकको क्षमता विकास , जलवायु कृषक पाठशाला , प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने ,बजारीकरण मा सहयोग गर्ने उदेश्यले धादिङ जिल्लाका गंगाजमुना र खनियावास गाउँपालिकामा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका फिल्ड संयोजक पवन प्याकुरेलले बताउनु भयो ।
गंगाजमुना गाउँपालिकामा ४८ वटा कृषक समुहहरु मार्फत परियोजनाले कृषि तथा पशुपालन लैगिक तथा समावेशीकरणको क्षेत्रमा केन्द्रित रहि कार्य गरिरहेको रिगाउँको तावलबाट निशानी तामाङले जानकारी दिनु भयो ।
तालिममा १४ जना महिला सहित २२ जनाको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस