धादिङ ११ भाद्र
धादिङ अस्पतालमा मेमोग्राम सेवाको उद्घाटन गरिएको छ ।
मंगलबार एक भव्य कार्यक्रमको आयोजना गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले धादिङ अस्पताललाई मेसिन हस्तान्तरण गरि सेवा प्रारम्भ गर्नुभएको हो ।
एक करोड नौ लाख ६१ हजार लागत पर्ने मेसिन बागमती प्रदेश सरकारले उपलब्ध गराएको थियो । जनशक्ति व्यवस्थापन पछि सेवा प्रारम्भ गर्दै प्रदेश सरकारका स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य सेवा सुधार गर्दै जनतालाई सेवा पुर्याउन निरन्तर लाग्ने बताउनुभयो । उहाँले तीनै तहको सरकारबाट स्वास्थ्य क्षेत्रमा बजेट छुट्याएर नागरिकले पाउने सेवा सहज बनाउन मन्त्रालय लागिरहेको बताउनुभयो ।
स्वास्थ्य सेवालाई जिल्ला अस्पतालमार्फत जनतामा दिन लागि पर्ने, अत्यावश्यक सेवा संचालन गर्न सघाउने, आवस्यकतामा आधारित सेवा संचालन गर्न आग्रह गर्दै जनताको सेवामा लाग्न अस्पताललाई आग्रह गर्नुभयो ।
नेपालमा महिलाहरुको स्तन क्यान्सरको समस्या बढ्दै गएको अवस्थामा गरिएको सेवा प्रवाहबाट ४० वर्षमाथीका महिलाहरुको स्तन क्यान्सरको बारेमा जाँच गर्ने धादिङ अस्पतालका निमित्त निर्देशक डा. गगन अधिकारीले बताउनुभयो । यो नसर्ने रोगमध्ये पर्ने स्तन क्यान्सर उपचार भएदेखि जीवन बचाउन सकिन्छ ।
धादिङ अस्पताल १ सय बेडको भएपनि जनशक्ति अभाव, भौतिक पुर्वाधार अभाव, आवश्यक सामाग्री अभाव, लिलामीमा समस्य र अनियमित विद्युत सेवा समस्याको रुपमा रहेको डा. अधिकारीले बताउनुभयो ।
महिलाहरुको स्तनको उच्च स्तरको एक्सरे सेवा हुने मेमोग्राम सेवाले महिलाहरुको स्तनमा हुने क्यान्सर पत्ता लागेर उपचार गर्न सकिने भएकोले सेवा महत्वपुर्ण रहेको छ ।
धादिङ अस्पतालमा २० जनाको नियमित डायलासिस सेवा, विभिन्न किसिमको अपरेशन सेवा, ओपिडि, आकस्मिक सेवा संचालनमा छ ।
मेमोग्राम सेवा शुभारम्भ कार्यक्रममा प्रदेश साम्सद गोबिन्द लम्साल, मायादेवी शर्मा, डम्बर तामाङ, नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
उक्त सेवा सुचारु भए पश्चात मंगलबारदेखी नै बिरामीको जाँच समेत सुरु गरिएको छ । अब स्तन क्यान्सरको संङ्का लागेका बिरामीहरूले महँगो शुल्क तिरेर राजधानी काठमाडौँ र चितवन जानु पर्ने बाध्यताको पनि अन्त्य हुने बिरामीको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस