धादिङ १० भदौ
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन(अखिल क्रान्तिकारी)धादिङको खनियावास गाउँपालिकाको दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ ।
सोमबार सदरमुकाम धादिङवेशीमा रहेको जिल्ला पार्टी कार्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरि नेकपा माओवादी केन्द्र खनियावास गाउँपालिका कमिटी सचिव मनिल तामाङको अध्यक्षता नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जसको विशिष्ट अतिथिमा अखिल क्रान्तिकारी केन्द्रिय सचिव विमल तामाङ,केन्द्रि सदस्य धादिङ जिल्ला उपाध्यक्ष गजेन्द्र गुरुङ, केन्द्रिय सदस्य सपना दाहाल, रेडियो बिहानी ९७.६ मेगाहर्जका स्टेशन म्यानेजर निर तामाङ, अखिल क्रान्तिकारी नीलकण्ठ नगर कमिटी अध्यक्ष किरण खाती लगायतको रहेको थियो ।
उक्त सम्मेलनबाट सोमती तामाङको अध्यक्षतामा २५ सदस्ययीय कमिटी निर्वाचित गरिएको छ । जसको उपाध्यक्षमा छिरिङ तामाङ, पासाङ तामाङ सचिवमा कमल तामाङ, सहसचिवमा प्रशान्त तामाङ, कल्पना तामाङ, कोषध्यक्षमा अस्मिता तामाङ लगायतको २५ सदस्ययीय कमिटी रहने गरि निर्वाचित गरिएको छ ।
उक्त कार्यक्रममा माओवादी केन्द्र केन्द्रिय सदस्य राम बहादुर भण्डारीले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । उहाँले विद्यार्थी संगठन सधैँ स्वतन्त्रताको पक्षमा,न्याय र समानताको पक्षमा निःशुल्क तथा अनिवार्य शिक्षामा आफ्नो माग बुलन्द पार्ने संगठन रहेको बताउनुभयो ।
त्यस्तै विद्यार्थी केन्द्रिय सचिव विमल तामाङले सुशासन न्याय संबृद्धि समाज निर्माण गर्न माओवादी केन्द्र पार्टी सरकारको नेतृत्व गर्दा होस या प्रति पक्षको भूमिकामा बस्दा माओवादी केन्द्र पार्टीले जनप्रिय काम गर्दै आएको स्मरण गराउनुभयो । धादिङलाई संबृद्धि बनाउदै समाजबाद उन्मुख मुल राजनितिक एजेण्डाका साथ जनतामा जादै संगठन निर्माणमा १ नम्बरको संगठन बनाउन अखिल क्रान्तिकारी खनियावासलाई आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा खनियावास गाउँपालिकामा अध्ययनरत विद्यार्थी विभिन्न भातृ संगठनका प्रतिनिधी लगायत विद्यार्थी नेताहरुको सहभागी रहेको थियो । आगामी १५ गते जिल्ला सम्मेलनको तयारी भएसंगै धादिङको १३ वटै स्थानीय तहमा अखिल क्रान्तिकारी विद्यार्थी कमिटी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस