धादिङ १० भाद्र
धादिङको न्यु किबो बोर्डिङ स्कुलले वृहत र्यालीको आयोजना गर्दै श्री कृष्ण जन्माष्टमीलाई भव्यताको साथ मनाएको छ ।
सोमबार सदरमुकाम धादिङवेशी विद्यालय परिसर बाट सुरु भएको बाजागाजा भजन सहितको र्यालीले पुछारबजार स्थित रहेको कृष्ण मन्दिरमा पुगेर पुजा आराधाना गरि सम्पन्न गरेको हो । कक्षा ९ र १० का विद्यार्थीहरुले भजन गाएका थिए भने प्रि प्राईमरी तहका विद्यार्थीहरुलाई राधा र कृष्ण को भेषमा सजिएर बजार परिक्रमा गरिएको थियो ।
अहिलेको वर्तमान परिवेशमा स साना विद्यार्थीहरुलाई संस्कृति हस्तान्तरण गर्ने उद्धेश्यका साथ यस्तो विशेष चाडपर्वहरुमा सहभागी गराएर संस्कार र संस्कृतिसंग परिचित गराएको विद्यालयकाृ प्रधानाध्यापक प्रयास रेग्मीले रेडियो बिहानीलाई बताउनुभयो । उहाँले नेपालको वर्तमान परिवेश अनुसार विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानबाट मात्र नभएर व्यवहारीक र प्रविधीमैत्री क्रियाकलापद्धारा थप ज्ञान आर्जन गर्न सहज हुने बताउनुभयो ।
त्यस्तै विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले सैद्धान्तिक शिक्षासंगै व्यवहारीक क्रियाकलापमा आधारित शिक्षा उपलब्ध गराउँदा शैक्षिक सुधार हुने र विद्यार्थीहरुमा दिगोपना शिक्षा रहिरहने बिश्वास व्यक्त गर्नुभयो । मानिसलाई सहज तरिकाले जीवनयापन गर्न सहज हुने बताउदै अभिभावक र विद्यार्थी शिक्षक बिचको सम्बन्ध प्रघाढ हुने पनि शिक्षक भट्टले बताउनुभयो ।
न्यू किबो वोर्डिङ स्कुलले शैक्षिक गुणस्तरमा बृद्धि गर्न व्यवहारिक र प्रविधिमैत्री वातावरणमा पठनपाठन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस