काठमाडौं ९ भाद्र
गोरखाका लामिछाने बन्धुहरुको वंशावली तयार गर्ने र शिद्य पुरुष दुल्लभ लामिछानेको दुल्लभ स्मारिका प्रकाशन गर्ने उद्देश्यले लामिछाने बन्धु समाज नेपाल जिल्ला कार्य समिति गोरखा द्वारा गठित गोरखा – काठमाण्डौ सम्पर्क समाज समिति, कार्य सम्पादन समिति र सल्लाहकार समितिको संयुक्त पूर्ण बैठक काठमाण्डौंमा सम्पन्न भएको छ ।
संयुक बैठकले दुल्लभ लामिछाने वंशावली अध्यावधिक गर्न र दुल्लभ स्मारिका तयार गर्न हाल सम्म विभिन्न खोज अध्ययन तथा अनुसन्धानका आधारमा प्राप्त लामिछानेहरुको वंशावलीलाई अध्यावधिक गरी प्रमाणीक बनाउने साथै दुल्लभ स्मारिका प्रकाशन गर्न विभिन्न किसिमका लेख रचना तथा व्यावसायीक विज्ञापनहरु यथासिघ्र संकलन गर्ने, लामिछाने बन्धु समाज जिल्ला कार्य समिति गोरखा र कार्यसम्पादन समिति बिच समन्वय गरी हाल सम्म उपलब्ध तथ्याङक, यस सँग सम्वन्धित अन्य सामाग्री, हाल सम्मको प्रगती विवरण उपलब्ध गराई माग्ने, स्मारिका प्रकाशन गर्दा पूर्ण र आधिकारिक तयारी गर्नुपर्ने, स्मारिका स्तरिय तयार गरी विमोचन गर्नुपर्ने निर्णय गरेको छ ।
लामिछाने बन्धु समाज नेपाल गोरखा – काठमाण्डौ सम्पर्क समाज समितिका अध्यक्ष जगन्नाथ लामिछानेको अध्यक्षता रहेको कार्यक्रमा गोरखा – काठमाण्डौं सम्पर्क समाज समितिका सदस्यहरु कार्य सम्पादन समितिका सदस्यहरू र सल्लाहकार समितिका सदस्यहरूको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस