धादिङ ८ भाद्र
प्रयास नेपाल धादिङको २३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गर्दै जिल्ला स्तरिय सामाजिक लेखा परीक्षण कार्यक्रम तथा २३ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
प्रयत्नशिल सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको आयोजनामा आ.व. २०८०÷०८१ मा सम्पन्न गरेका कामहरुको सामाजिक लेखाजोखा गर्ने र जवाफदेहिता, पारदर्शिता कायम गर्ने उद्देश्यले सामाजिक परिक्षण गरिएकोे हो ।
प्रयास नेपालले जिल्लामा विभिन्न विकास साझेदार संस्थाहरुको साझेदारीमा महिला तथा वालवालिकाको उत्थान, शिक्षा, स्वास्थ्य, विकास निर्माण, उद्यमशिल, जिविको पार्जन लगायतका क्षेत्रमा काम गर्दै आएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
संस्थाका अध्यक्ष विरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङको उपप्रमुख कुलमान विश्वकर्मा, सहायक जिल्ला अधिकारी युवराज अर्याल, गैसस महासंघका अध्यक्ष शालिकराम दुवाडी,गंगा जमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), विभिन्न वडाका वडा अध्यक्षहरु,संस्थाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा र डा.मुरारी अधिकारीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरुले आफ्नो जिज्ञासा, अनुभव र सुझावहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमकै अवसरमा गत आर्थिक वर्षमा उत्कृष्ठ कार्य गर्ने कर्मचारीहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।
संस्थाले धादिङको ३ वटा गाउँपालिकामा शिक्षा क्षेत्रमा उल्लेख्य भुमिका निर्वाह गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस