धादिङ ६ भाद्र
स्थानीय सरकार संस्थागत स्वमुल्याङकन (LISA) मा धादिङको नीलकण्ठ नगरपालिका देशभरबाट ९२.५० अंक सहित प्रथम हुन सफल भएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाईटमा ९७ अंक सूचिकृत धादिङको नीलकण्ठ विज्ञहरुको मुल्याङ्कबाट ९२.५० अंक सहित नगरपालिका तर्फ देशभरमा प्रथम हुन सफल भएको हो ।
यस्तै मन्त्रालयको वेभसाईटमा ९९.७५ अंक सूचीकृत देशभरमा दोस्रो नम्बरमा देखिएको बेनीघाट रोराङ विज्ञको मुल्याङ्कन पछि ८५.२५ अंक ल्याउँदै गाउँपालिका तर्फ देशभरमा प्रथम भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा अन्तिम नतिजा सार्वजनिकीकरण कार्यक्रमका बीच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकालाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा धादिङबाट नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुबेदी, नीलकण्ठ नगरपालिकाको प्रवक्ता एवम् नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, अन्य वडाका वडा अध्यक्षहरु, बेनीघाट रोराङगाउँपालिकाका प्रमुख कृष्ण बहादुर थपलिया (विवेक) प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस