धादिङ ४ भाद्र
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकार रोजगारीसहितको विकासको पक्षमा रहेको बताउनुभएको छ ।
काठमाण्डौमा मंगलबार बिहान भएको विकासका लागि वित्तसम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले युवा श्रम शक्तिलाई बजारको माग अनुकूल स्वदेशमै रोजगार वा स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयासरत रहेको बताउनुभयो ।
साथै उहाँले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताउनुभयो । उहाँले कुल गार्हस्थ्य उत्पादनका तुलनामा राजश्वको अनुपात तुलनात्मक रूपमा राम्रो देखिए पनि यसलाई दिगो बनाउनुपर्ने चुनौती रहेको बताउनुभयो ।
सार्वजनिक ऋणको भार बढ्दै गएकाले विकासका लागि स्रोतको जोहो निकै चुनौतीपूर्ण बनेको अर्थमन्त्री पौडेलको भनाइ छ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस