काठमाण्डौ २ भाद्र
कृष्णा बहादुर लामिछाने
(वरिष्ठ सम्बाददाता)
लामिछाने बन्धु समाज नेपाल जिल्ला कार्यसमिति गोरखाको आयोजनामा गोरखा जिल्लाबाट काठमाण्डौंमा आई स्थायी तथा अस्थाई रुपमा बसोवास गर्नु हुने बन्धुहरु बिच बन्धुत्वको भावना विकास गरी बंशावली सहितको दुल्लभ स्मारिका प्रकाशन तथा गोरखा काठमाण्डौ सम्पर्क समाज समिति गठन सम्बन्धि लामिछाने बन्धु भेला २०८१ काठमाण्डौ महानगर पालिका १६ नयाँ बजारमा सम्पन्न भएको छ ।
लामिछाने बन्धु मेलाले जगन्नाथ लामिछाने (भीमसेन थापा गा.पा–३) अध्यक्ष रहने गरी ११ सदस्यिय गोरखा काठमान्डौं सम्पर्क समाज समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष सहित ३ सदस्य पछि थप गर्ने गरी गठीत सम्पर्क समाज समितिको सचिवमा विष्णु प्रसाद लामिछाने (वारपाक सुलीकोट गा.पा.८) कोषाध्यक्षमा ओम प्रसाद लामिछाने (शहिद लखन गा.पा. ९ ) सदस्यहरुमा जनक लामिछाने (भीमसेन थापा गा.पा. ४) सचिन लामिछाने (भीमसेन थापा गा.पा. २ ) रबिन लामिछाने (अजिरकोट गा.पा.५) सागर लामिछाने (पालुङटार न.पा–९) र राजेन्द्र लामिछाने (आरुघाट गा.पा. ४) रहनु भएको छ ।
दुल्लभ स्मारिका प्रकाशन समितिमा श्याम प्रसाद लामिछाने (गण्डकी गा.पा. २) संयोजक रहने गरी ५ सदस्यिय स्मारिका प्रकाशन समिति गठन गरीएको छ । नवगठित समितिको सदस्यहरुमा शिवहरी लामिछाने (भीमसेन थापा गा.पा ३ ) खडानन्द लामिछाने (भीमसेन थापा गा.पा. २) लुमनाथ लामिछाने (भीमसेन थापा गा–पा–३) रहनु भएको छ । बाँकी १ सदस्य पछि थप गरिने भएको छ ।
भेलाले ३ सदस्यिय सल्लाहकार समिति गठन गरेको छ । नवगठित सल्लाकार समितिको सदस्यमा परशुराम लामिछाने (भीमसेनथापा गा.पा. ३) तारा बहादुर लामिछाने (भीमसेनथापा गा.पा–३) र भक्ति प्रसाद लामिछाने (आरुघाट गा.पा.९) रहनु भएको छ ।
लामिछाने वन्धु समाज नेपाल, जिल्ला कार्य समिति गोरखा का अध्यक्ष यदु प्रसाद लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा लामिछाने बन्धु समाज नेपालका केन्द्रिय सदस्य सुन्दरमणी लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।
केन्द्रिय सदस्य विष्णु लामिछाने काठमाण्डौ जिल्लाका जिल्ला कार्य समितिका अध्यक्ष नवराज लामिछाने, उपप्राध्यापक डा. पुर्णवहादुर लामिछाने, शिक्षाविद शिव हरि लामिछाने दुल्लभ प्रतिष्ठान गोरखाका अध्यक्ष श्याम प्रसाद लामिछाने बुद्धिजिवी भक्तिप्रसाद लामिछाने लगाएतको विशेष अतिध्यता रहेको कार्यक्रममा गोरखा बाट काठमाण्डौमा स्थायी तथा अस्थायी बसोबास गर्ने लामिछाने बन्धुहरूका साथै अन्य जिल्ला लामिछाने बन्धुहरु समेतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजिकरण नवराज लामिछाने (भीमसेन थापा गा.पा.२ ) ले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस