धादिङ १ भाद्र
भण्डारी सेवा समाज नेपाल धादिङको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
शनिबार काठमाण्डौमा एक भव्य कार्यक्रमको आयोजना गरि रघुवंशिय कौशिक गोत्रिय भण्डारी सेवा समाज नेपालको केन्द्रीय अध्यक्ष वीर बहादुर भण्डारीको प्रमुख आतिथ्यता प्रमुख संरक्षक जीवन कुमार भण्डारी संरक्षक केशर बहादुर भण्डारी केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य पुर्व मन्त्री मसिना भण्डारी र नीलकण्ठ नगरपालिका धादिङका निवर्तमान उपमेयर एवं सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडका संचालक समिती अध्यक्ष मनराज भण्डारी शैलेशको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त सम्मेलनबाट विनोद भण्डारीको अध्यक्षतामा १९ सदस्यीय धादिङ जिल्ला समिति सर्वसम्मत निर्वाचित गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा गणेशराज भण्डारी,उपाध्यक्षमा रामराजा भण्डारी, टिका भण्डारी, सचिवमा बिकास भण्डारी, सहसचिवमा कुमार भण्डारी र रामभक्त भण्डारी र कोषाध्यक्षमा प्रशान्त भण्डारी लगायत १९ सदस्ययी समिती रहने गरि निर्वाचित हुनुभएको छ ।
यस्तै मनराज भण्डारी शैलेशको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । जसमा सह–संयोजकमा तेज बहादुर भण्डारी, अर्जुन कुमार भण्डारी, दिनेश कुमार भण्डारी, भिमसेन भण्डारी,श्याम भण्डारी, खिल बहादुर भण्डारी, बृहस्पति भण्डारी लगायतको सदस्य रहेको छ ।
उक्त सम्मेलनको अवसरमा ७० वर्ष भन्दा माथिको जेष्ठ सदस्य, पुर्व जनप्रतिनिधीहरु बागमती प्रदेश सभाको सदस्य पुर्व मन्त्री मसिना भण्डारी, नीलकण्ठ नगरपालिका धादिङको निवर्तमान उपमेयर मनराज भण्डारी लगायतलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियोे ।
उक्त कार्यक्रममा भण्डारी सेवा समाज नेपालको केन्द्रिय प्रतिनीधी,बागमती प्रदेश लगायता विभिन्न प्रदेश समितीका प्रतिनिधी तथा सल्लाहकारहरु,विभिन्न जिल्लाका जिल्ला इन्चार्ज लगायत भण्डारी सेवा समाजका सदस्यहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस