धादिङ ३२ श्रावण
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ५ मा शैक्षिक गुणस्तर वृद्धिका लागि वृहत छलफल कार्यक्रम सम्पन्न भएको छ ।
१० वटा सामुदायिक विद्यालय र १ संस्थागत विद्यालय रहेको उक्त वडामा शैक्षिक गुणस्तर वृद्धिका लागि वृहत छलफल कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि वडाले बजेट समेत छुट्याएर काम गर्ने गरिरहेको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता वडा शिक्षा समितिको संयोजक कुमार बहादुर अधिकारीले रेडियो बिहानीलाई बताउनुभयो ।
उक्त कार्यक्रममा मासिक परिक्षा, एकाई परिक्षाहरु गर्ने हाजिरी जवाफ, हिज्जे प्रतियोगिता, नेपाली र अंगे्रजी हस्तलेखन, नृत्य, वादविवाद, वक्तृत्वकला, विभिन्न किसिमका खेल लगायतका १० वटा अतिरिक्त क्रियाकलापहरु गर्ने निर्णय गरिएको छ ।
विद्यालयको लेखापरिक्षण कसरी गराउने कहिले सम्म गराउने विद्यालयमा वर्ष भरिमा के के अतिरिक्त क्रियाकलाप गराउने जस्ता विषयहरुमा छलफल गरिएको थियो । त्यसैगरि विद्यालयको अतिरित्त कार्यक्रमहरु सबै विद्यालयलाई पायक पर्ने गरी १ विद्यालयमा कार्यक्रम आयोजना गर्दा सबै विद्यालयको विद्यार्थी उपस्थित हुने गरी कार्यक्रमहरु आयोजना गरिने बताउनु भयो ।
वडा अध्यक्ष अधिकारीले निरन्तर विद्यार्थी मुल्यांङ्कन गर्ने, अभिभावक शिक्षाको लागि घरदैलो कार्यक्रम गरी अभिभावक र विद्यार्थीसँगै राखेर अन्तरक्रिया कार्यक्रम गर्ने बताउनुभयो । सबै विद्यालयले वार्षिक उत्सव गर्नुपर्ने,संस्कृतिक कार्यक्रमहरु गर्र्नुे, माध्यामिक विद्यालय सञ्चालन भएका विद्यालयहरुले चाडपर्व विशेष हुने गरी शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रमहरु गर्ने भएको हो ।
जुनसुकै कार्यक्रम गरेपनि त्यसबाट बालबालिकाले सकारात्मक ज्ञान प्राप्त गर्न सकोस भन्ने उद्देश्य रहेको बताउनुहुदै सरकारी विद्यालयका विद्यार्थीहरुले पनि गैर सरकारी विद्यालयका अब्बल विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्ने वडा अध्यक्ष अधिकारीको भनाई छ ।
वडा समितिका सदस्यहरुलाई विद्यालय विभाजन गरी विद्यालयमा भइरहेका गतिविधीहरुको विशेष निगरानी गर्न १५ दिन वा १ महिनामा विद्यालयमा पुगी त्यहाँको समस्या सुधार गर्नुपर्नेपक्षहरु टिपोट गरेर रिपोर्ट बुझाउनु पर्नेछ , यस कार्यक्रमलाई पालिका भित्रका ४९ पटन विद्यालयमा लागु गर्ने कार्यविधी बनाएको छ ।
उक्त छलफल कार्यक्रममा शिक्षा समिति, सम्पूर्ण विद्यालयका प्रधानाध्यायक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षकहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस