धादिङ ३२ श्रावण
धादिङको नीलकण्ठ नगरपालिकामा नगर स्तरीय महिला स्वास्थ्य स्वयंसेविकाहरुको समिति गठन गरिएको छ ।
शुक्रबार धादिङबेशीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको संगठन विस्तार कार्यक्रम गरि सावित्रा कोईरालाको अध्यक्षतामा समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा समिता मगर, सचिवमा कमला तामाङ,सहसचिवमा कमला श्रेष्ठ र कोषाध्यक्षमा मिरा आले मगर चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सावित्री थापा मगर, कमला वरुवाल, गिता श्रेष्ठ, एन्जिला श्रेष्ठ,अनुष्का घिमिरे,सर्मिला घिमिरे, लक्ष्मी श्रेष्ठ, एन्जिला श्रेष्ठ र एन्जिला तामाङ रहनुभएको छ ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले महिला स्वास्थ्य स्वयंसेविकाहरुले ईमान्दारीपूर्वक काम समुदायमा काम गर्दै आएको बताउदै नगरपालिकाले खाजा खर्च वापत वर्षको ३ हजार प्रदान गर्ने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस