धादिङ ३२ श्रावण
धादिङको न्यु किबो बोर्डिङ स्कुलले विगतको शुक्रबार जस्तै यो हप्ताको शुक्रबार पनि विभिन्न क्रियाकलाप गरेर बुक फ्री फ्राइडेको रुपमा मनाएको छ ।
विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार नेपालीहरुको एक प्रमुख चाड “जनै पुर्णिामा र रक्षा बन्धन“ नजिकदै गर्दा उक्त पर्वलाई झल्को दिने गरेर प्री प्राइमरी देखि कक्षा २ सम्म डोरो बानेर विद्यार्थीहरुले शुक्रबार मनाएका थिए ।
त्यस्तै कक्षा ३ देखि ८ सम्मका विद्यार्थी भाइबहिनीहरुले उनिहरु आफैले राखी बनाएर एकअर्कामा लगाएर शुक्रबारलाई सम्झनलायक बनाएको बताउनुभयो ।
त्यसैगरी कक्षा ९ का विद्यार्थीहरुले अङ्ग्रेजी बुकको एचभउबचष्लन च्भअष्उभ थिममा आधारित रहेर जनैपुर्णिामा खाइने प्रमुख नेपाली खानेकुरा “क्वाटी“ आफैले बनाएर एकअर्कामा बाडेर खादै जनै पुर्णिामालाई स्कुलमा झल्काएका थिए ।
यस्ता खाले क्रियाकलापहरुले विधार्थीहरुको चौतर्फी विकासमा सहयोग पुग्ने र नेपाली संस्कृती र मौलिकतालाई जगेर्ना गर्न सहयोग पुग्ने विद्यालयका प्रिन्सिपल प्रयास रेग्मिले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस