धादिङ २८ श्रावण
धादिङको गजुरी गाउँपालिकामा विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ ।
गजुरीका युवाहरुले “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि“भन्ने मूलनारा सहित यसवर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाएका हुन्।
सोमबार क्रियशन नेपालको आयोजना र स्वतन्त्र विद्यार्थी युनियन आदर्श बहुमुखी क्याम्पस गजुरीको सह–आयोजनामा र्याली सहित युवाहरुले फोहोर व्यबस्थापनमा समेत जोड दिदै कार्यक्रम समापन गरेको हो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्लेकार्ड बोकेर गजुरी बजारमा र्याली आदर्श बहुमुखी क्याम्पस गजुरीका विद्यार्थी र धादिङ बहुप्राबिधिक शिक्षालयका विद्यार्थी,युवा क्लबहरु सहभागी भैई कार्यक्रम भब्यताका साथ सफल पारेको हो ।
कार्यक्रममा हरियाली गजुरी बनाउने,कुहिने नकुने फोहोर छुट्टाछुट्टै व्यबस्थापन गर्नुपर्ने,कुहिने फोहोर बाट कम्पोष्ट मल बनाउन सकिने,खोला नाला सफा राख्नुपर्ने जस्ता सचेतमुलक र्याली पृथ्वी राजमार्ग अन्तर्गत गजुरी बजारमा प्रदर्शन गरि भब्यताका साथ समापन साथ युवाहरुले नेतृत्व लिगेर अघि बढ्ने बेला आएको समेत स्वतन्त्र बिद्यार्थी युनियन आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति/क्रियशन नेपाल गजुरी गाउँपालिका संयोजक गणेश पाण्डेले बताउनुभयो ।
आ–आफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो । सन् १९९९ को डिसेम्वर १७ मा बसेको राष्ट्रसङ्घको ५४ औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालिएको समेत क्रियशन नेपाल गजुरी गाउँपालिका स्वयंसेवक पुजा डल्लाकोटिले बताउनुभयो ।
गजुरी गाउँपालिकाका युवा नेतृत्वका टिमले विभिन्न रेडक्रसका रक्तदान,लगायत खेलकुद क्षेत्रमा कार्यक्रम मात्र नभइ सरसफाइमा समेत लाग्दै आएका छ्न।
प्रतिक्रिया दिनुहोस