धादिङ २७ श्रावण
शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाको बिमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाको आयोजना तथा ज्वालामुखी गा.पा वडा नं २ को सहयोगमा बिमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी ज्वालामुखी गा.पा वडा नम्वर २ का कार्यवाहक अध्यक्ष छाप बहादुर गन्द्रमा मगरले पछिल्लो समय शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडले घर–घरमा आएर कृषि तथा पशुपंछि बिमा गरिदिएको कारण किसान तथा व्यावसायीहरूमा हुने आर्थिक क्षतिबाट पन्छिनु परेको बताउनु भयो ।
उहाँले यस्तो किसिमको कार्यक्रमलाई गाउँपालिकाको एउटा सिमित वडामा मात्र नभई अन्य ठाउमा पनि राख्न सुझाव दिनु भएको थियो । त्यस्तै कार्यक्रममा सहभागी एक नारायण श्रेष्ठले आफुलाई बिमाको विषयमा नजानेको र नसुनेको कुरा धेरै बुझ्न र सुन्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नु भयो ।
कार्यक्रममा कृषि तथा पशु बिमाको विषयमा कम्पनीका प्राविधिक राज कुमार शाक्यले अभिमुखिकरण दिनु भएको थियो । शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाले हरेक महिना विभिन्न ठाउमा बिमा सचेतना कार्यक्रम गर्दै आएको छ ।
कम्पनीका पशु प्राविधिक राज कुमार शाक्यको सभापतित्व तथा ज्वालामुखी गा.पा वडा नम्वर २ का कार्यवाहक अध्यक्ष छाप बहादुर गन्द्रमा मगरको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा किसान, व्यावसायी, विद्यार्थी, शिक्षक लगायत गरी ६२ जनाको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस