धादिङ २७ श्रावण
धादिङको नीलकण्ठ नगरपालिकाले नेपालका लागि स्वर्ण पदक दिलाउन सफल धादिङको नीलकण्ठ नगरपालिका–५ की समिक्षा ढुंगाना र नीलकण्ठ– १३ की एरिका गुरुङलाई सम्मान गरिएको छ ।
आइतबार एक कार्यक्रमकाविच नीलकण्ठ नगरपालिकाले उनीहरु दुबैलाई नगद ५० हजार रुपियाँ सहित सम्मान पत्रले सम्मान गरेको हो । गत २० जुलाईमा भुटानमा सम्पन्न ८औं दक्षिण एसियाली (साफ) कराँते प्रतियोगितामा समिक्षाले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । नेपालको प्रतिनिधित्व गरेकी समिक्षाले ५३ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी हुन् ।
त्यस्तै, २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको युएस ओपन च्याम्पियनसीप कराते प्रतियोगितामा एरिकाले स्वर्ण पदक दिलाएकी हुन् । उनले ६८ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी थिइन् । सम्मान ग्रहण गर्दै समिक्षा ढुंगानाले नीलकण्ठ नगरपालिकाको सम्मानले खेल क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको बताईन् । परिवार, साथी संगी र गुरुहरु लगायत सबैको साथ सहयोगले मिलेको यो सफलताको खुषी बाड्न पाउँदा आफु हर्षित हुनुका साथै सम्मान र सफलतासँगै जिम्मेवारी पनि थपिएको भएको बताईन् । खेल क्षेत्रमा अझै नेपाललाई थप सफलता दिलाउने आफ्नो सपना रहेको उहाँले बताईन् ।
देशको शिर उचो बनाएका दुवै खेलाडीलाई थप प्रोत्साहनका लागि सम्मान गरिएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले बताउनुभयो । उनीहरुको व्यक्तिगत प्रयासले देश विदेशमा नेपालको नाम उच्च बनाएको र उनीहरुको हौसला बढाउन र प्रोत्साहन स्वरुप यो सम्मान गरिएको उहाँले बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले खेल र खेलाडीको हितमा नगरपालिकाले काम गरिरहेको बताए । ‘धादिङकी दुई चेलीले नेपाललाई स्वर्ण दिलाउनु सामान्य कुरा नभएको बताउनुहुदै खेल क्षेत्रमा लगानी र प्रोत्साहन आवश्यक रहेको । अझै धेरै काम गर्न बाँकी रहेको पनि बताउनुभयो । साथै विकास निर्माण जस्तै खेल क्षेत्रमा नीलकण्ठ नगरपालिकालाई अब्बल बनाउँने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै उक्त कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाद्वारा २४६ जना दलित, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्राबृत्ति प्रदान गरिएको छ । नगरपालिका भित्र रहेका दलित, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्राबृत्ति प्रदान गरीएको हो । नगरपालिकाले गरिव तथा जेहेन्दार तर्फ ११९ विद्यार्थीलाई ७ लाख ९६ हजार ५०० र दलित छात्राबृत्ति तर्फ १२७ जनालाई १२ लाख ७८ हजार सहित २४६ जना विद्यार्थीहरुलाई प्रति व्यक्ति १ लाख देखि ५ हजार सम्म छात्रवृत्ति प्रदान गरेको हो ।
१ लाख छात्रबृत्ति पाउनेमा मणिपाल पोखरामा अध्ययनरत सुनिल सुनार, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थामा अध्ययनरत प्रकाश मल्ल माले, रेशु बि.क. रहेका छन् भने ५० हजार पाउनेमा कान्तीपुर इन्जिनियरिङ कलेजमा अध्ययनरत कुशल बराईली रहेका छन् । गत शैक्षिक सत्रमा अध्ययनरत उनीहरुलाई उक्त छात्रबृत्ति प्रदान गरिएको हो।
विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुहुँर्दै नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले शिक्षा क्षेत्रको विकासको लागी नगरपालिकाले ठुलो बजेट बिनियोजन गरेको बताउनुभयो । साथै छात्रबृत्ति स्वरुप प्रदान गरिएको रकम सहि सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
चालु शैक्षिक सत्र देखि माध्यामिक सम्मको शिक्षा पूर्ण निःशुल्क गरिएको भन्दै अर्को बर्षबाट कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रबृत्ति प्रदान नगरिने बताउनुभयो । उहाँले क्याम्पसमा अध्ययनरतलाई भने छात्रबृत्ति दिईने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस