धादिङ २६ श्रावण
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर -३ मा रहेको न्यु किबो बोर्डिङ स्कुलले आयोजना गरेको २ दिने विद्यालय स्तरिय आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
युवा रेडक्रस सोसाईटि न्यु किबो बोर्डिङ स्कुलको आयोजना र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको प्राविधिक तथा प्रशिक्षक सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा कक्षा ८ र ९ मा अध्ययनरत २४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुलाई आपत विपत्परेको बेला पहिलो प्राथमिक उपचार कसरी गर्ने भन्ने शिक्षा दिनको लागि उक्त तालिमको आयोजना गरिएको विद्याालयका प्रधानाध्यापक प्रयास रेग्मीले बताउनुभयो ।
बालिबालिकाहरु भविष्यको कर्णधार भएको र बालबालिका लाई यस्ता शिक्षा दिदा सम्पुर्ण समाज नै शिक्षित हुने बताउनुभयो । वर्तमान परिवेशमा प्राथमिक उपचार सम्बन्धी सामान्य ज्ञान पनि प्राप्त नभएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्थालाई नियन्त्रण गर्नका लागि यस्ता किसिमको तालिम विद्यार्थीहरुको लागि फलदायी हुने समेत बताउनुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माले तालिमले विद्यार्थीहरुको जिवनमा आईपर्ने विभिन्न किसिमका विडम्बना युक्त परिस्थतीहरुलाई सामना गर्न सक्ने आत्मविश्वास प्राप्त भएको बताउनुभयो । किबो बोर्डिङ स्कुले विविध कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई धेरै व्यवहारिक ज्ञान समेत प्रदान गरेको उहाँले बताउनुभयो । विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित राखेर उनिहरुलाई प्रतिस्पर्धी मानसिकताको बनाउनु उचित नभएको बताउनुयो । विद्यार्थीहरु पाठ्यक्रममा आधारित परिक्षाको लागि मात्र नभएर जिवनका हरेक पाईलामा आईपर्ने परिक्षाको लागि पनि सदैव तयार अवस्थामा रहनुपर्ने बताउनुभयो ।
त्यसैगरि २ दिन सम्म विद्यार्थीहरुलाई प्रशिक्षण गराउनुभएका प्रशिक्षक प्रकाश आचार्यले आजबाट तालिमको समापन भएतापनि विद्यार्थीहरुको जिवनमा नयाँ आयामको सुरुवात भएको बताउनुभयो । विद्यालय या समाजमा त्यस्ता दुखद घटना आईपरेको बेला विद्यार्थीहरुले आफुले सिकेको सिपलाई प्रभावकारी ढंगबाट प्रस्तुत गर्नेछन् भन्ने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो । समाजमा भएका घाईतेहरुलाई तत्काल स्थानीय स्रोत र साधनको प्रयोग गरि दक्ष चिकित्सक उपलब्ध नहुञ्जेल सम्म प्राथमिक उपचार गर्न सकियो भने मानवको जिवन रक्षा गर्न सकिने बताउनुभयो । बिरामी वा घाईतेको अवस्था विग्रन नदिने, अवस्थामा सुधार ल्याउने र बिरामी वा घाईतेको मृत्यु हुन नदिने जस्ता कार्य नै प्राथमिक उपचारको मुख्य उद्धेश्य रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्मा, विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मी, प्रशिक्षकहरु प्रकाश आचार्य र कृष्ण प्रसाद अधिकारी,नीलकण्ठ नगरपालिकाको उप प्रमुखको सचिवालय श्री कृष्ण रिजाल लगायत पत्रकारहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
शुक्रबारबाट सुरु भएको कार्यक्रममा प्री– प्राइमरी अन्तर्गत नागपञ्चमीको अवसरमा नागको चित्र बनाएर बुक फ्रि फ्राईडे मनाईएको अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले जानकारी दिनुभयो । कक्षा १ देखी ९ का विद्यार्थीहरुले Drawing र कक्षा १० बिद्यार्थीहरुले अङ्ग्रेजी बुकको Preparing Recipe को थिममा आधारित रहेर गाजरको हलुवा बनाएर मनाईएको थियो ।
प्रतिक्रिया दिनुहोस