धादिङ २४ श्रावण
नीलकण्ठ जेष्ठ नागरिक संघ नगर कार्य समिति धादिङले मानव सेवा फउन्डेशनलाई १५ हजार पाँच सय १० रुपैया सहयोग हस्तानान्तरण गरेको छ ।
कार्य समिति धादिङले आराध्यदेव भगवान पशुपतिनाथ क्षेत्र कोटीहोम महायज्ञमा दुई दिन धार्मिक दर्शन भ्रमण गर्नुका साथै मानव सेवा फउन्डेशनलाई सहयोग समेत गरेको नीलकण्ठ जेष्ठ नागरिक संघ नगर कार्य समिति धादिङका अध्यक्ष अब्जनाथ सापकोटाले रेडियो बिहानीलाई बताउनुभयो ।
साथै बुधबार र विहिबार गरी दुई दिन भ्रमण गरेको समितिले विहिबार धादिङ जिल्लाको नक्सा मायाको चिनो स्वरुप हस्तान्तरण गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस