धादिङ २४ श्रावण
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा २ दिने आवासीय शैक्षिक गोष्ठी सञ्चालन हुने भएको छ ।
बेनीघाट रोराङ गाउँपालिकाले शिक्षालाई उच्च प्राथमिकता दिएर कार्य गरिरहेको अवगत गराउदै एक सुचना जारी गर्दै यही भाद्र १ र २ गते सुर्योदय आधारभूत विद्यालय, वडा नम्बर ८ भुवाभञ्याङमा आवासीय शैक्षिक गोष्ठी सञ्चालन गर्ने जानकारी दिएको हो ।
उक्त जारी सुचनामा विद्यालयहरुका लागि ५७ बुँदे निर्देशन शैक्षिक सुधारका लागि ८८ बुँदे साझा मार्गचित्र, विषयगत शिक्षकबाट शैक्षिक वर्ष २०८१ का लागि लक्ष्य निर्धारण, समूह सुपरिवेक्षण, दूत परीक्षा द्रुत नतिजा द्रुत पृष्ठपोषण कार्यक्रम, एकिकृत आवासीय विद्यालयको शुरुवात, बडा शिक्षा समिति र विषयगत समितिको परिचालन, करेसाबारी र फुलबारी कार्यक्रम, शिक्षक एक्सचेञ्ज कार्यकम, शिक्षक बैंकको स्थापना, लिडर फिडर विद्यालय अवधारणा, अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन जस्ता पछिल्ला केही नमुना प्रयासहरु भएको र अब विशेष ढङ्गले अभियानकै रुपमा सिकाइ उपलब्धि अभिवृद्दि गर्न शैक्षिक वर्ष २०८१ लाई सिकाइ सुधार वर्षको रुपमा मनाउने निर्णय भइसकेको कारण योजनावद्द हिसाबले सबै विद्यालयहरुले यस अभियानमा जुटेर प्रथम त्रैमासिक परीक्षा पनि सम्पन्न गरिसकेको उल्लेख गरिएको छ ।
साथै सोही परिप्रेक्ष्यमा विद्यालयका गतिविधिलाई थप नियाल्ने मनसायका साथ यस दुई दिने शैक्षिक गोष्ठीको आयोजना गरिएको र सबै विद्यालयका प्रधानाध्यापकहरुलाई सिकाइ सुधार वर्ष २०८१ को लागि ‘मेरो कार्ययोजना’ नामक शीर्षकमा १० मिनेट सम्मको पावरपोइन्ट प्रस्तुती सहित आवासीय गोष्ठीमा उपस्थितिको लागि सुचना मार्फत आग्रह गरिएको छ ।
गाउँपालिकाबाट जारी सुचना :
प्रतिक्रिया दिनुहोस