धादिङ २४ साउन
आज धादिङ सहित बाग्मती, गण्डकी, लुम्बिनी, कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको पनि महाशाखाले जनाएको छ ।
कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस