धादिङ २० श्रावण
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५मा विपद् व्यवस्थापन र टोल सुधार समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा वडा नम्बर ५ मा रहेको १२ वटा टोल सुधार समितिहरुको गठन र पुर्नगठन प्रक्रियालाई अगाडी बढाउन अनुरोध गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाको प्रवक्ता कुमार बहादुर अधिकारीले बताउनुभयो ।
वर्षात सुरु भए पछि कहाँ के भईरहेको छ र के कति मात्रामा क्षति पुगेको छ त्यस विपद्को अनुगमन र त्यस्ता विपदजन्य घटनालाई वडा र पालिकाले गर्न सक्ने सम्बोधन तथा प्रहरी मुचुल्का समेतको विषयमा छलफल भएको बताउनुभयो ।
त्यसैगरि आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित बजेट जुन जुन आयोजना र निर्माणका लागि परेको हो त्यस्ता सम्पुर्ण आयोजनालाई छिटो भन्दा छिटो सम्पन्न गर्न समिति गठन गरि अगाडी बढ्ने विषयमा छलफल भएको थियो ।
साथै वडा नम्बर ५ को समग्र विकास निर्माणका साथ साथै नजिकिदै गरेको चाडपर्वहरुको लागि सांस्कृतिक प्रवद्र्धन व्यवस्थापन शिर्षकमा बजेट विनियोजन गरिएको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यहरु, गाउँपालिकाका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
वडामा रहेको विपद् व्यवस्थापन समितिले वडामा भएको विभिन्न विपद्जन्य घटनाबाट प्रभावित भएकाहरुलाई सहयोग, उद्दार र बिग्रेको बाटो घाटो मर्मत सम्भार गर्ने गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस