धादिङ ०८ मङ्सिर
समानताको पुस्ता बलात्कार विरुद्ध ऐक्यवद्धता भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारबाट देश भर सुरु भएको छ । प्रत्येक बर्ष महिला हिंसा अन्त्यको दिवस पारेर लैङगिक हिंसा विरुद्ध १६ दिने अभियान मनाउने गरिन्छ । अङग्रेजी महिना नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने लैङगिक हिंसा विरुद्ध विभिन्न कार्यक्रम गरी मनाइने हुनाले यसलाई लैङगिक हिंसा विरुद्ध १६ दिने अभियान भनिएको हो । बालबालिकाले कुनै हिंसा भोग्नु नपरोस भनी हिंसाका विरुद्ध यो दिवस मनाएको हो । बिक्रम सम्वत २०५४ साल देखि लैङगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम गरी अभियान मनाउने गरिएको थियो । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न उनीहरुको सम्मन पूर्वक बाच्न पाउने सबै अधिकार सुनिश्चित गर्न तथा विकास सम्मानको साझेदारी रुपमा स्थापित गर्न यो अभियान संचालन गर्दै आईएको छ । तर जति नै अभियान संचालन गरेता पनि देशमा निर्मला पन्तको बलात्कार पछि हत्या भएका घटना होस वा महिलाहरुमा हुने अरु कुनै लैङगिक हिसांका घटना बढदै गएका छन । दिनप्रतिदिन महिलाहरुमा हुने बलात्कार लगायतका हिंसा बढदै गईरहेछन ।
यसै गरी अभियानकै अवसरमा नीलकण्ठ नगरपालिका धादिङ, जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार धादिङबेसीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसरमा धादिङको पुछारबजारबाट सुरु भएको ¥याली शिरानबजार हुँदै कोण सभामा परिणत भएको थियो । ¥यालीमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख मनराज भण्डारी, देवीदत्त गण धादिङबेसीका सेनानी राधाकृष्ण खड्का, राष्ट्रिय अनुसन्धान विभाग धादिङका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा ‚धादिङ उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष रुद्र बहादुर खत्री, लगायत विभिन्न संघ÷संस्थाका प्रतिनिधिशरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस