धादिङ १६ श्रावण
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटमा सामाजिक सुरक्षा भत्ता वितरण तथा ३ दिने घुम्ति शिविर मंगलबार सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका वडा न १४ वडाका जनप्रतिनिधिले नागरिकलाई सेवा सहज उपलब्ध गराउने उद्देश्यले टोल टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
छुट्टा छुट्टै डेस्क खडा गरेर सेवा प्रवाह गरिएको हो । जेष्ठ नागरिक स्वास्थ्य परिक्षण सेवा २४८ जनाले, जेष्ठ नागरिक स्वास्थ्य बिमा ३३ जनाले, पशु तथा भेटेनरी सेवा ३७ जनाले, सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण ३०७ जनाले नविकरण गराएका छन् भने जेष्ठ नागरिक, असक्त, एकल महिला गरी ५७८ जनाले सामजिक भत्ता बुझेका वडा अध्यक्ष नवराज दुवाडीले रेडियो बिहानीलाई जानकारी गराउनु भयो ।
श्रावण १३ गते गौरी शंकर आधारभुत विद्यालय गनेडाडाबाट सुरु भएको शिविर १४ गते भङेरीस्थान वडाकार्यालय र १५ गते तमै रातामाटे मा वि रातमाटे भन्ज्याङबाट सेवा प्रवाह गरिएको थियो ।
यसरी घर टोलबाट सजिलो ढङबाट सेवा लिन पाउदा नागरिकहरु खुसी भएका छन् । कुमारी बैंकको सहयोगमा सामाजिक सुरक्षा भता वितरण गरिएको हो ।
सामाजिक सुरक्षा भत्ता वितरण संगै परिचय पत्र नविकरण, स्वास्थ्य बिमा, स्वास्थ्य परिक्षण पशु तथा भेटेनरी सेवाको लागि वडाका कर्मचारी, धुवाँकोट स्वास्थ्य चौकि रातामाटे स्वास्थ्य विन्दुका स्वास्थ्यकर्मि, बिमा सहजकर्ता, पशु उपचारका लागि खटिएका प्राबिधिक जनप्रतिनिधिहरु सुरक्षाकर्मि लगायतको सक्रिय सहभागितामा सेवा प्रवाह गरीएको वडा सचिव अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस