धादिङ १६ श्रावण
पतन्जली योग बगैंचा साधना केन्द्रको चौथो स्थापना दिवस तथा खिर खाने कार्यक्रम सम्पन्न भएको छ ।
श्रावण १५ मंगलबार पतन्जली योग बगैंचा साधना केन्द्रले एक कार्यक्रमको आयोजना गर्दै आफ्नो चौथो स्थापना दिवस तथा खिर खाने कार्यक्रम भव्यताको साथ मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का अध्यक्ष प्रकाश कुमार श्रेष्ठले योग साधनाले शरीरमा उर्जा पैदा गर्ने र मानिसलाई स्वस्थ बनाउने बताउनुभयो । साथै वडा नम्बर ८ मा हरेक विद्यालय संगसंगै आमा समुहहरुलाई पनि योगसंग जोड्न सके सम्पुर्ण आमाहरुमा तनाव व्यवस्थापनका लागि अत्यन्त राम्रो हुने बताउनुभयो ।
त्यस्तै पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले समाजलाई अनुशासित र मानिसलाई स्वस्थ बनाउन राज्यले खेलकुद र योगामा लगानि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
त्यसैगरि सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जका स्टेशन म्यानेजर निर तामाङले कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै जसरी पत्रकारीता सत्य र तथ्यमा आधारित छ त्यसरी नै योग पनि आध्यात्मिकता र विज्ञान संग जोडिएको विषय भएको बताउनुभयो । साथै योगलाई रोग भोक र शोक संग जोडेर सम्पुर्ण विद्यालयहरुमा केन्द्रित गर्दै यसको दायरा अझै बढाउनुपर्ने बताउनुभयो ।
यस्तै पतञ्जली योग साधना केन्द्रका महामन्त्री राजकुमार श्रेष्ठले अहिले देशव्यापी रुपमा योग साधनामा मानिसहरु लागिरहेको र कार्यालय समयअघि कर्मचारीलाई योग साधना गर्न सरकारले नै कार्यक्रम बनाएको बताउनुभएको छ ।
कार्यक्रममा योग साधना केन्द्रका अध्यक्ष बद्रि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ बार अधिवक्ता विश्वराज अधिकारी लगायतले शुभकामना दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस