धादिङ १५ श्रावण
धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको दुई विद्यार्थी संगठन बिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
मंगलबार नीलकण्ठ बहुमुखी क्याम्पसको ईकाई कमिटि अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारी बिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा अनेरास्ववियू (क्रान्तिकारी)र अनेरास्ववियु निलकण्ठ बहुमुखी क्याम्पस इकाई कमिटिबिच दोस्रो मैत्रीपुर्ण फुटसल प्रतियोगिता धादिङ फुटसलमा सम्पन्न भएको अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य श्री कृष्ण रिजालले बताउनुभयो ।
अखिल (क्रान्तिकारी)का धादिङ जिल्ला इन्चार्ज उपेन्द्र जमकट्टेल द्वारा उद्वघाटन गरिएको कार्यक्रममा विभिन्न विद्यार्थी संगठनका नेतृत्वहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस