धादिङ १३ श्रावण
नीलकण्ठ नगरपालिका वडा नम्बर –१४ धुँवाकोटमा सामाजिक सुरक्षा भत्ता वितरण तथा ३ दिने घुम्ति शिविर आईतबारबाट सुरु भएको छ ।
आईतबार गौरिशंकर आधारभुत विद्यालयबाट सामजिक सुरक्षा भत्तावितरण सुरु गरिएको हो ।
जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला, लगायतलाइ भत्तावितरणसंगै जेष्ठ नागरिक स्वास्थ्य परिक्षण, औषधि वितरण, पशु तथा भेटेनरी सेवा, औषधि वितरण, स्वास्थ्य विमा परामर्श, परिचय पत्र नविकरणको छुट्टा छुट्टै डेस्क सञ्चालन गरी सेवा प्रदान गरिएको नीलकण्ठ नगरपालिका वडा नम्बर –१४का वडा अध्यक्ष नवराज दुवाडीले रेडियो बिहानीलाई बताउनुभयो ।
नागरिकलाई सहज सेवा उपलब्ध गराउने र स्थानिय सरकारको वडाको सेवा सुविधा जनताले प्रत्याभुति महसुस गर्नेगरी सेवा प्रदान गरीएको उहाँले बताउँनुभयो ।
१३ गते बाट सुरु भएको उक्त शिविर १४ गते वडा कार्र्यालय र १५ गते तमै रातामाटे माध्यमिक विद्यालयमा शिविर सञ्चालनको आयोजना गर्न लागिएको वडा अध्यक्ष दुवाडीले बताउनुभयो ।
यसरी टोल टोलबाट पायक पर्ने स्थानमा सहजै सामाजिक सुरक्षा भत्ता बुज्न पाउँदा सहज भएको जेष्ठ नागरिकहरु बताउँछन् ।
पहिले पहिले सामाजिक सुरक्षा भत्ता बुज्न कै लागि सदरमुकाम धाउनु पर्ने र पछि वडाबाट सेवा विस्तार भैसकेपछि पनि घन्टौ लाईन राख्नपर्ने र वडा भित्रबाट पनि घन्टौ हिड्न पर्ने बाध्यतालाई न्युनिकरण गर्न र अपाङ्ग, असक्त र जेष्ठ नागरिकलाइ सेवा सहज बनाउन वडा समितिको निर्णय अनुसार टोल टोलमा लगेर भत्तावितरण गर्ने कार्य गरिएको र घुम्ति शिविर सञ्चालन गरिएको महिला वडा सदस्य कमला तामाङले बताउनुभयो ।
धादिङबेसीमा रहेको कुमारी बैंक धादिङ शाखासंग समन्वय गरी सामजिक सुरक्षा भत्ता वितरण गरीदै आएको छ ।
नीलकण्ठ नगरपालिकाको सबै भन्दा ठुलो वडा भएकोले यस्ता शिविरले जनतालाई सहज सेवा पुग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस