धादिङ १२ श्रावण
नारी विकास बचत तथा ऋण सहकारी संस्था लि.को १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष भगवती उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्लासहकारी संघका अध्यक्ष एवम् निलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्मा र जिल्ला प्रहरी कार्यलय धादिङका प्रवक्ता डि.एस.पि मकेन्द्र कुमार मिश्रको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोविन्द लम्सालले आफु महिलाहरुको हक र हितको लागि सदैव तत्पर रहेको बताउनुहुदै लामो समय देखि नारी विकासको क्षेत्रमा संस्थाले धेरै महत्वपूर्ण कार्य गरेको भन्दै धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।
त्यस्तै जिल्ला सहकारी संघ धादिङका अध्यक्ष एवम् नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शर्माले अहिले ढुक्क भएर सहकारीमा बचत गरेमा पछि परेको बेला संस्थाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य बिमा सेवा अन्तर्गत विभिन्न विधामा रकम वितरण गरिएको थियो ।
जसमा आँखा उपचारको लागि सुविन सुनारलाई ४५ हजार हात भाँचिएको उपचारको लागि मैया राउतलाई १४ हजार र हात भाँचिएको उपचारको लागि नै बिन्दा कुमारी अधिकारीलाई १० हजार रकम वितरण गरिएको थियो । त्यस्तै अन्य विधा एस.ईई मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान, हिंसा प्रभावित परिवारलाई प्रोत्साहन रकम, अशक्त प्रोत्साहन रकम वितरण गरिएको थियो ।
संस्थाका सचिव प्रमिला घिमिरेले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष एलिना राई गुरुङले वित्तिय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १५ सय ७७ जना सदस्य भएको यस सहकारीले रु १२ करोड भन्दा माथी कारोबार गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस