धादिङ ११ श्रावण
धादिङ संचार सहकारी संस्था लिमिटेडको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष बद्रि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएको नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले सहकारी आन्दोलनलाई जगाउन संचारमाध्यमको भुमिका जरुरी रहेको बताउनुभयो । उहाँले सामुहिक भावना, सामुहिक आर्थिक स्थिती, सामुहिक अस्तित्वको भावनालाई कमजोर पारेर आफ्नोमात्र फाईदा पु¥याउन चाहने पुंजीवादी शक्तिहरु विरुद्ध लड्दै सहकारी आन्दोलनलाई साथ दिन पत्रकारहरुलाई अग्रह समेत गर्नुभयो ।
त्यस्तै संस्थाको अध्यक्ष अधिकारीले साधारण सभाले दिएको अख्तियारी र निर्देशनलाई पुर्णरुपमा कार्यन्वयन गर्न र गराउन आफु लगायत सिङ्गो टिम नै एकतावद्ध र प्रतिवद्ध भएर लागि परेको बताउनुभयो । संस्थामा आफुहरु निर्वाचित भए पश्चात सहकारी संस्थाको शेयर सदस्यहरुको अपेक्षा अनुरुपको कार्य सम्पन्न गर्न नसकेको बताउनुहुदै शेयर सदस्यहरुको मनोभावना अनुसार कार्यसम्पादन गर्न अहोरात्र खटिएपनि प्रविधिक कारणबस रिजल्ट नदेखिएको उहाँले बताउनुभयो । सहकारीमा आवद्ध भएका पत्रकारहरुलाई पत्रकारिता क्षमता अभिवृद्धि तालिम समेत संचालन गर्ने योजना रहेको बताउनुभएको छ ।
सभामा संस्थाका महासचिव अर्जुन श्रेष्ठले आर्थिक वर्ष २०८०÷०८१ कोे प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/२०८२ को लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्ष रेख बहादुर गुरुङले संस्थाका आर्थिक प्रतिवेदन तथा प्रस्तावित अनुमानित आय ब्याय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगायत विभिन्न संञ्चार माध्यमका पत्रकार शेयर सदस्य हरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस