धादिङ १० श्रावण
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का नागरिकहरुले सामाजिक भत्ता र भत्ता कार्ड नविकरण सेवा एक साथ प्राप्त गरिराखेका छन् ।
वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार)ले टोल–टोल पुगेर सामाजिक भत्ता बाड्ने संगसंगै भत्ता कार्ड नविकरण गराउनुभएको हो ।
गत आवमा २९७ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका थिए । कार्ड नविकरण गर्न वडामा बोलाउदा उहाँहरुलाई असहज हुने भएकोले टोल–टोल पुगेर कार्ड नविकरण गरिएको उहाँले बताउनुभयो ।
पशुपती डाँडा, कुमाल गाउँ, वडा कार्यालय, पिडाले चौतारा, कुडुले टोलहरुबाट भत्ता वितरण सँगै कार्ड नविकरण गरिएको र बाँकी छुटपुटलाई वडामा बोलाईएको वडा अध्यक्ष भण्डारीले रेडियो बिहानीलाई बताउनुभयो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ ले सम्पुर्ण अपाङगता भएका व्यक्ति, जेष्ठ नागरिक, महिला बालबालिका तथा असाहय नागरिकको सहजताको लागि शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी पुर्वाधार विविध सामाजिक कार्यहरुमा उल्लेख्य भुमिका निर्वाह गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस