धादिङ ८ श्रावण
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ अम्बोटे(गुरुङ गाउँ) स्थितमा पहिरो जाँदा अम्बोटे(गुरुङ गाउँ) जोखिममा परेको छ ।
पर्यटकीय गन्तव्यका साथै आकर्षक होमस्टे समेत रहेको उक्त गाउँमा गएरातिको लगातार वर्षातका कारण पहिरो जाँदा ६ घर उच्च जोखिममा परेको हो ।
पहिरोले जमिनको भित्र भित्रै चिरापरेकाले बालीनाली सहित गोरेटो बाटो समेत बगाएको स्थानीय लोक बहादुर गुरुङले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।“पहिरोलाई तत्काल रोकथाम गर्न नसके बस्ती नै पहिरोको उच्च जोखिममा पर्न सक्ने सम्भावना रहेकोले २०/२५ थान जाली उपलब्ध गराएर छिटो भन्दा छिटो गाउँलाई बचाईदिन स्थानीय सरकार समक्ष माग गर्दछु”–स्थानीय गुरुङले भन्नुभयो ।
१७ घरधुरी भएको अम्बोटे गुरुङ गाउँमा जिल्लाकै नमुना होमस्टे समेत सञ्चालन गर्दै आएको छ । जिल्लाका उत्तरी क्षेत्रहरु रुविभ्याली खनियावास गंगाजमुना गाउँपालिकाको बस्तीहरु उच्च जोखिम भएकाले खेतीपाती गर्दा, यात्रा गर्दा सतर्कता अपनाउन आवश्यक रहेको छ ।
प्रतिक्रिया दिनुहोस