धादिङ ५ श्रावण
धादिङ अस्पतालमा नयाँ प्रकृतिको शल्यक्रिया सफलता पुर्वक सम्पन्न गरिएको छ ।
शुक्रबार अचानक पेट दुखेर धादिङ अस्पतालमा भर्ना भएका ७० वर्षका पुरुषको सबै चेक जाँच गर्दा आन्द्रामा प्वाल परेको र पेटमा तरल पदार्थ जमेको भन्ने थाहा भए पछि अस्पतालमा रहेको शल्यक्रिया टीमले तुरुन्त अप्रेशन गरेर बिरामीको जीवन बचाउन सफल भएको धादिङ अस्पतालको अस्पताल निर्देशक डा. गगन अधिकारीले रेडियो बिहानीलाई बताउनुभयो ।
उहाँले यस्तो प्रकृतिको शल्यक्रिया धादिङ अस्पतालको लागि विल्कुलै नयाँ भएको बताउनुभयो । उहाँले यस्तो प्रकृतिको शल्यक्रिया हुनु भनेको धादिङ अस्पतालमा सकारात्मक परिवर्तन भएको बताउनुभयो ।
डा. गगन अधिकारी बाईट
सो शल्यक्रियामा सर्जन टीम डा नवीन महासेठ, डा प्रकृति भट्टराई, अनेस्थासियालोजिष्ट डा दिपेश श्रेष्ठ, एनेस्थेसिया असिस्टेन्ट संगीत छत्कुली, स्क्रब नर्स, ओ टी असिस्टेन्ट लगायतको टिमको सहभागीता रहेको अस्पताल निर्देशक डा. अधिकारीले बताउनुभयो ।
धादिङ जिल्लाको सम्पुर्ण महानुभावहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै धादिङ अस्पतालले विभिन्न विषयगत विशेषज्ञ सेवाहरु सुचारु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस