धादिङ ४ असार
नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री चयन हुनु भएको रामनाथ अधिकारीलाई धादिङमा बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।
शुक्रबार धादिङ जिल्लाका नागरिक समाज संस्थाहरुले एक कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना प्रदान गरेको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङ, नेपाल रेडक्रस सोसाइटी धादिङ, धादिङ उद्योग वाणिज्य संघ धादिङ,नेपाल पत्रकार महासंघ धादिङ, धादिङ गैरसरकारी सस्था महासंघ धादिङको समग्र सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले लामो समय देखि कृषि क्षेत्रमा लागेका कृषि विज्ञ र किसानका समस्यालाई राम्रोसंग बुझेका व्यक्तिहरुसंग परामर्श लिएर अगाडी बढ्ने बताउनुभयो ।
अब आफु धादिङ जिल्लाको मात्र नभएर सम्पुर्ण ७७ वटा जिल्लाकै मन्त्री भएका कारण कुनै पनि हालतमा कलङकको टिका नलगाई विकासको कार्य गर्ने बताउनुभयो ।
रामनाथ अधिकारी बाईट
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु प्रसाद ढुङानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिको अध्यक्ष नबराज अधिकारी र जिल्ला समन्वय समिति उपाध्यक्ष कुलमान विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस