धादिङ ४ श्रावण
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले व्यवस्थापकको लागि कर्मचारीको माग गरेको छ ।
संस्थाले २०८१ असार ३० गते प्रथम पटक सुचना प्रकाशित गर्दै संस्थामा रिक्त रहेको व्यवस्थापक पदको लागि कर्मचारीको माग गरेको हो ।
उक्त प्रकाशित सुचनामा रामकोट बचत तथा ऋण सहकारी संस्थाको रिक्त रहेको व्यवस्थापक पदमा कर्मचारी पदपुर्ति गर्न योग्यता र अनुभव पुगेका २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकहरुले सुचना प्रकाशन भएको मिति देखि २०८१ श्रावण ६ गते भित्र संस्थाको कार्यालय तथा ईमेल मार्फत दरखास्त दिन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस