धादिङ ०१ श्रावन
रुविभ्याली संवादाता
उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नम्बर ६ स्थितको खादिङ गाउँमा पहिरोले किसानको खेती बगाएसंगै गाउँ नै जोखिममा परेको छ ।
लगातार भएको वर्षाका कारण वालीनाली सहितको १० औँ रोपनी जग्गा संगै गोरेटो बाटोको पुल समेत बगाएको छ । हिउँदो भरि दुःख गरेर रोपेको खेती पहिरोले बगाउदा खादिङ गाउँका किसान मर्कामा परेका छन् । उक्त पहिरोले निर बहादुर तामाङको ३ रोपनी,धन बहादुर तामाङको ४ रोपनी जग्गा खेती नै गर्न नमिल्ने गरि पहिरोले बगाएको छ । बगर वरीपरीको बर्खे धान पनि बगाएको छ ।
भौतिक संरचना र किसानको वाली सहितको जग्गा गरि करिब ३ करोड बराबरको क्षति भएको स्थानीय निर बहादुर तामाङले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।“विपतको घडीमा सबै गाउँवासीलाई सहयोग गर्न सम्बन्धित स्थानीय सरकार र जिल्ला विपद् प्रशासन प्रति ध्यानाकर्षण होस भन्ने खादिङ गाउँका स्थानीयको माग छ ।
उत्तरी धादिङको रुविभ्याली,खनियावास र गंगाजमुना गाउँपालिको वस्तीहरु उच्च जोखिम भएकाले यात्रा,खेती गर्दा सतर्कसाथ अपनाउन आवश्यक छ । विभिन्न प्राकृतिक विपदका कारण गत जेठ २८ यता हालसम्म देशका विभिन्न ठाउँमा वर्षापछि आएको बाढी, पहिरोलगायतका विपदका घटनामा परी १ सय १३ जनाले ज्यान समेत गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस