धादिङ ३० असार
धादिङको गंगाजमुना गाउँपालिकाको आ.व २०८१/०८२ को निति तथा कार्यक्रम र बजेटको प्रस्तुत गरिएको छ ।
असार ९ गते पेश गरिएको निति तथा कार्यक्रम र विनियोजित बजेट आज आइतबार पारित गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गंगाजमुना गाउँपालिकाका अध्यक्ष भतm बहादुर लामाले आफुहरु उत्कृष्ट बजेट ल्याउन गाउँपालिका तथा वडाका सम्पूर्ण जनप्रतिनिधी तथा प्रशासनिक कर्मचारीहरुको लामो बहस तथा छलफल मार्फत बजेट पारित गरिएको बताउनुभयो ।
उहाँले गाउँपालिकामा आएको बजेटको ८८ प्रतिशत बजेटको कार्य सम्पन्न गरेको बताउनु भएको छ । गंगाजमुना गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौ अधिवेशनमा गाउँपालिकामा कार्यरत २ वर्ष पुरा भएका कर्मचारीहरुको उच्च मूल्यांङकन गदै प्रोत्साहन स्वरुप उत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।
गाउँसभाले पालिकाको आर्थिक ऐन विधेयक, विनियोजन विधेयक तथा बजेट समेत सर्व सहमत रुपमा पारित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस