धादिङ ३० असार
द च्याम्पियन तोक्वान्दो डोजाङ शाखाको ग्रेडिङ परिक्षा गोकर्णेश्वर–५ जोर पाटी उपकार टोलमा सम्पन्न भएको छ ।
जिल्ला खेलकुद समितिमा दोलखाका अध्यक्ष समेत रहनु भएका तोक्वान्दो प्रशिक्षक नोर्वु लामाले ग्रेडिङ परिक्षा लिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी एवं उपकार टोल सुधार समितिका अध्यक्ष शुबास श्रेष्ठ र प्रमुख प्रशिक्षक प्रदिप आले मगरको उपस्थितिमा सम्पन्न जुनियर ग्रेडिङ्गः परिक्षामा ३५ (पैतिस) जना जुनियरहरुको सहभागीता रहेको सहायक प्रशिक्षक छुल्टि लामाले जानकारी गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस