धादिङ २८ असार
सुशासन पारदर्शिता र जवाफदेहिताको निमित्त आफु सदैव प्रतिवद्ध रहेको नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रममा उठेको प्रश्नको जवाफ दिनुहुदै नीलकण्ठ नगरपालिकाको मेयर भिम प्रसाद ढुङ्गानाले सुशासन पारदर्शिता र जवाफदेहिताको निमित्त आफु सदैव प्रतिवद्ध रहेको बताउँदै यस किसिमको कार्यक्रम आफुले नियमित गर्दै आएको बताउनुभएको हो ।
कार्यक्रममा नगरपालिका बाट प्रवाह भएका सेवा सुविधा निति तथा कार्यक्रम योजना र बजेटको विषयमा नागरिकहरुले प्रश्न, गुनासो र सुझाव दिएका थिए । उठेका प्रश्नहरुलाई नगर प्रमुख भीम प्रसाद ढुङ्गना, उप प्रमुख दिपक बिश्वकर्मा, जिल्ला प्रशासन कार्यालयबाट राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यलय बाट प्रहरी प्रमुख गौतम केसीले सम्बोधन गर्नु भएको थियो । आफुले नगरबासीको शिर झुकाउने काम कहिल्यै नगर्ने भन्दै संमृद्ध नगरपालिका निर्माणको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कार्यक्रममा उठेका सकारात्मक सवालहरुलाई आफुले पुर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ ।
समृद्ध नीलकण्ठ नगरको आधार, कृषि पर्यटन उद्यमशीलता सहितको पूर्वाधार भन्ने मूल नाराका साथ शुक्रबार नीलकण्ठ नगरपालिकाबाट भएको सेवा प्रवाह तथा कार्यक्रम र बजेटका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
निलकण्ठ नगरपालिकाको नगर प्रमुख भिम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उप प्रमुख दीपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, प्रहरी नायब उपरीक्षक गौतम केसी , निलकण्ठ नगरपालिकाको प्रवक्ता एवम् वडाको नम्बर ८ को वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ,नेपाल पत्रकार महासंघ धादिङको अध्यक्ष राजाराम शर्मा लगायत १४ वटा वडाको वडा अध्यक्ष कार्यपालिका सदस्य विभिन्न पार्टीका प्रतिनिधि संघ संस्थाको प्रतिनिधि स्थानीय र पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सामाजिक आर्थिक शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पुर्वाधार,कृषि,बजार व्यवस्थापन, मानव अधिकार बाल मैत्री स्थानीय शासन र जेष्ठ नागरिक, अपांगता भएको व्यक्ति र विकास पूर्वाधारको विषयमा छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस