धादिङ २६ असार
जिल्ला खेलकुद विकास समिति धादिङका नव नियुक्त अध्यक्ष प्रताप सिं तामाङले धादिङ जिल्लालाई खेलकुद हब बनाउने बताउनुभएको छ ।
बुधबार एक औपचारिक कार्यक्रमका बीच अध्यक्ष तामाङले पदभार ग्रहण गर्दै सो कुरा बताउनुभएको हो । कार्यक्रममा सदस्य राजन लामाले समेत पदभार ग्रहण गर्नुभएको छ ।
बागमती प्रदेश सरकारले असार २० गते धादिङका लागि खेलकुद अध्यक्षमा तामाङ र सदस्यमा लामालाई नियुक्त गरेको थियो । दुबै जनालाई जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय सचिव एवम् राखेपका तेक्वान्दो प्रशिक्षक रमेशमान तुलाधरले पदभार ग्रहण गराउनुभएको हो । तामाङलाई जिल्ला अध्यक्षमा पहिलो कार्यकालका लागि २०७६ माघ ८ गते र दोस्रो कार्यकालका लागि २०७८ फाल्गुन २४ प्रदेशले नियुक्त गरिएको थियो ।
पदभार कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विगत कार्यकालमा आफूले गरेको कामका आधारमा प्रदेशले फेरि ४ वर्षको लागि जिम्मेवारी दिएको दावी गर्दै अध्यक्ष तामाङले अब अधुरा कामलाई निरन्तरता दिँदै धादिङलाई खेलकुद हव बनाउने तयारीमा लाग्ने बताउनुभएको थियो ।
उहाँले खेलकुद क्षेत्रलाई अझ राम्रोसंग विकास गर्दै खेल क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्ने उद्देश्यले पूनः तेस्रो कार्यकालमा आएको बताउनुभयो । धादिङ खेलकुद क्षेत्रमा धेरै सम्भावना बोकेको जिल्ला भएको कारण खेलकुद र खेलाडीहरुलाई प्रोत्साहन गर्दै खेलकै माध्यमबाट धादिङलाई चिनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।
उहाँले विगतका दिनमा भन्दापनि अहिले खेलकुद क्षेत्रलाई अझ राम्रो अग्र स्थानमा राख्दै यसका लागि खेलकुद क्षेत्रका पूर्वधारको विकास गदेै अगाडी बढ्ने प्रतिबद्धता गर्नुभयो । आगामी कार्यकालमा जिल्ला भित्रकै खेलाडी मध्येबाट निर्णायक रेफ्री चयन गर्ने र विभिन्न थुपै्र नयाँ निति तथा योजना बनाएर अगाडी बढ्र्रने बताउनु भएको थियो ।
कार्यक्रममा वाईसिएल धादिङका अध्यक्ष राजन लम्साल, नेपाल तेक्वान्दो संघ धादिङ अध्यक्ष सम्झना भण्डारी, जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) लगायतले सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस