धादिङ २४ असार
धादिङमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखीको आयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा १५२ जनाले रक्तदान गरेका छन् ।
मानवता हाम्रो प्राथमिकता भन्ने मुल नाराको साथ सञ्चालन भएको रक्तदान कार्यक्रममा ११४ जना पुरुष र ३८ जना महिला गरी १५२ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष कृष्ण ढकाल (शिशिरले) जानकारी दिनुभयो ।
बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म भएको रक्तदान कार्यक्रममा धादिङ अस्पताल, लायन्स क्लब अफ काठमाडौँ ब्लड सर्कल र धादिङ फिटनेस सेन्टर धादिङको समन्वयमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
गर्मी याममा संक्रामक रोगहरुका कारण हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै रगत परिपुर्ति गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको ढकालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस