धादिङ २२ असार
धादिङको नीलकण्ठ नगरपालिकामा विद्धत् गोष्ठी सम्पन्न भएको छ ।
शनिबार नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा एक भव्य कार्यक्रमको आयोजना गरि नेपाली समाज र संस्कृतिको संरचना विषयक विद्धत् गोष्ठी एवम् प्रवचन सम्पन्न गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष बद्री प्रसाद दाहालको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रम एवम् गोष्ठीमा नेपाल ऋषि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति डा. जगमान गुरुङ द्धारा प्रवचन वाचन गराईएको थियो ।
यहि असार २९ गते आउदै गरेको २११ औं भानु जयन्तीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको संस्थाको अध्यक्ष दाहालले बताउनुभयो ।
उक्त कार्मक्रममा नेपाली समाज र संस्कृतिको संरचना संवन्धि विभिन्न पाटोहरुको विषयमा छलफल भएको थियो । छलफलकै क्रममा शास्त्रले कसैलाईपनि सानो÷ठुलो नबनाएको र आफ्नो कर्मको आधारमा समाजले बनाईदिएको संस्कृति नै पछि गएर भेदभाव जस्तो हुन पुगेको नेपाल ऋषि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति डा. जगमान गुरुङ ले बताउनुभयो ।
प्रतिष्ठानले भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, ज्ञानविज्ञान, प्रविधि, समाजशास्त्र र दर्शनशास्त्रको क्षेत्रमा काम गरीरहेको र यस्तो किसिमको कामहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले बताउनुभयो ।
सबै मावजाती समान हुन्, मानिस कर्मको आधारले मात्र फरक हुनसक्छ जात र धर्मको आधारमा कसैलाई ठुलोसानो भन्न नहुने संदेश दिन यस कार्यक्रम गरीएको र यही संदेशलाई अझ मुर्तरूप दिन ब्राम्हण, क्षेत्री समुदायम नपर्ने एक विशिष्ट व्यक्तित्वलाई प्रमुख वक्ताको रुपमा आमन्तरण गरीको प्रतिष्ठानका सदस्य समेत रहनुभएका प्रा.डा. नविन बन्धु पहाडीले बताउनुभयो ।
उक्त कार्मक्रममा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहाल,नेपाल ऋषि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति डा. जगमान गुरुङ, बाग्मती प्रदेशसभा सदस्य गोबिन्द लम्साल, नीलकण्ठ बहुमुखी क्याम्पस धादिका क्याम्पस उपप्रमुख डा.मुरारी अधिकारी, शिक्षक, बुद्दिजिवी, स्थानिय पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस