धादिङ २२ असार
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) Nepal English Language Teachers Association.NELTA.धादिङको ५औँ बार्षिक साधारणसभा तथा शिक्षण सिकाई अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सदरमुकाम धादिङवेशी क्रिक रिसोर्टमा एक भव्य कार्यक्रमको आयोजना गरि नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) धादिङको अध्यक्ष ईश्वरी प्रसाद पाण्डेको अध्यक्षता संघका केन्द्रिय अध्यक्ष तथा काठमाण्डौ विश्वविद्यालयका प्रोफेसर लक्ष्मण ज्ञवालीको प्रमुख आथिथ्यतामा सम्पन्न भएको हो ।
त्यस्तै जिल्ला शिक्षा तथा समन्वय ईकाई धादिङका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठ,नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को बागमती प्रदेशका उपाध्यक्ष युवाराज सुवेदी,सदस्य दिपक सिटौला,गणित काउन्सिलर धादिङका अध्यक्ष एवम् न्यू किवो वोर्डिङ धादिङका प्रिन्सिपल प्रयास रेग्मी,त्रिपुरा पुस्तक पसलका प्रोपाईटर नारायण कुमार श्रेष्ठ लगायतको बिशिष्ट अतिथि रहेको थियो ।
नेल्टाकोे नेपालमा स्थापना भएसंगै अंग्रेजी भाषा शिक्षण तथा प्रर्वद्धन गरी देश तथा विदेशी विषयगत विज्ञहरुको सहयोगमा विभिन्न तालिम, कार्यशाला र सम्मेलनहरु सञ्चालन गर्दै अंग्रेजी भाषा शिक्षकहरुको ज्ञान सिप क्षमता र अनुभवलाई प्रभावकारी बनाउन सहयोग पु¥याइरहेको कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर लक्ष्मण ज्ञवालीले बताउनुभयो । उहाँले स्थानीय तहसंग समन्वय सहकारी गर्दै नेल्टाका कार्यक्रमहरु आयोजना गरि शैक्षिक गुणस्तरमा टेवा पुराउन धादिङका समितीसंग आग्रह गर्नुभयो ।
त्यस्तै जिल्ला शिक्षा तथा समन्वय ईकाई धादिङका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठले विषयगत शिक्षकहरुलाई व्यवहारिक ज्ञानसिपको भण्डारण गर्दै कार्यस्थलमा शैक्षिक गुणस्तर बृद्धिका लागि काम गर्न महत्वपुर्ण योगदान पुराएकोमा नेल्ट धादिङलाई धन्यवाद दिनुभयो । उहाँले शिक्षकहरुको बृद्धिबिकासका लागि राज्यका तीनै तहका सरकारको सहयोग रहनुपर्ने बताउनुभयो । यस वर्षको एसईई परीक्षामा देशैभर सोचेजस्तो नतिजा नआएको हुनाले आगामी वर्षमा उत्कृष्ट नतिजा उपलब्धि हासिल गर्न शिक्षक अभिभावक तथा सरोकार पक्षको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
समापन सत्रमा धन्यवाद मन्तव्य राख्नुहुदै नेल्टा धादिङका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले शिक्षकहरुको क्षमता अभिबृद्धि र सिकाईबारे विश्वका प्रख्यात प्राध्यपकहरुको सहभागी गराई धादिङको शिक्षा बिकासमा योगदान पुराईरहेको बताउनुभयो । उहाँले नेल्टा धादिङको विभिन्न कार्यक्रमहरुमा स्थानीय तह सरकारको साथ सहयोग रहनुपर्ने बताउनुभयो । उक्त कार्यक्रमकै अवसरमा त्रिपुरा पुस्तक पसलका नारायण कुमार श्रेष्ठलाई सम्मान समेत गरिएको छ ।
शिक्षण सिकाई अभिमूखीकरण कार्यक्रममा विद्यार्थीहरूको आलोचनात्मक सोच, समस्या समाधान, र विश्लेषणात्मक सीपहरू बढाउन डिजाइन गरिएका विभिन्न अन्तरक्रियात्मक पढाइ रणनीतिहरूको अन्वेषणबारे जानकारी गराएका थिए । विद्यार्थीहरूलाई अझ राम्रो तयारी गर्दै थप आकर्षक र प्रभावकारी सिकाइ वातावरण बनाउनु सहयोग पुग्ने सहभागीको भनाई छ ।
धादिङ जिल्लामा सामूदायिक तथा निजी विद्यालयका ५५ जना शिक्षकहरु नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)मा सदस्य रहेका छन् । विष्णु प्रसाद सिलवालको अध्यक्षतामा २०६३ सालमा गठन भएको धादिङ शाखाले ३ वर्षको कार्यकालमा नेतृत्व चयन गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गदै आएको छ । नेल्टा धादिङका सचिव राम अर्यालले सञ्चालन गरेको कार्यक्रममा संचारकर्मी नेल्टाका सदस्य विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस